२२ बैशाख, काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले सुकुम्बासी बस्ती हटाउने सरकारी अभियानप्रति कडा टिप्पणी गर्दै सेनाका ब्यारेक भत्काएर देखाउन चुनौती दिएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सार्वजनिक जग्गामा बसेका संरचनामाथि कारबाही गर्दा सेना कुन जग्गामा बसेको छ भन्ने प्रश्न उठाएका छन्।
राउतले गरीब सुकुम्बासीमाथि मात्र डोजर चलाइएको आरोप लगाउँदै सरकारको नीतिप्रति असन्तुष्टि व्यक्त गरेका छन्।






