२३ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमाथि संसद् बैठकमा औपचारिक रूपमा विमति राख्ने निर्णय गरेको छ।
बुधबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले उक्त अध्यादेशप्रति संसद्मा असहमति जनाउने निर्णय गरेको प्रमुख सचेतक वासना थापाले जानकारी दिइन्।
थापाका अनुसार सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश, साथै सार्वजनिक खरिद र सार्वजनिक पदाधिकारी पदमुक्तिसम्बन्धी अध्यादेशबारे पनि बैठकमा छलफल भएको थियो।
कांग्रेसले यी विषयमा संसद्मा आफ्नो धारणा स्पष्ट रूपमा राख्ने र सरकारको प्रतिक्रिया अनुसार आगामी रणनीति तय गर्ने जनाएको छ।
सरकारले अध्यादेशलाई कसरी अघि बढाउँछ भन्ने आधारमा पार्टीको थप कदम निर्धारण हुने पनि कांग्रेसले स्पष्ट पारेको छ।





