राजनीति

उप सभामुख रुविलाइ हर्कको रेड कार्ड : उहाँ अब हाम्रो पार्टीको सदस्य रहनु भएन

२५ बैशाख, काठमाडौं । श्रम सस्कृती पार्टीका अध्यक्ष हर्क साम्पाङले उपसभामुख रुवि कुमारी ठाकुरलाई रेड कार्ड देखाएका छन् ।

प्रधानन्यायाधीश सिफारिसको बिषयलाइ लिएर रुष्ट बनेका साामपाङ्ले रुबिलाइ आफ्नो पार्टीबाट हटाएको घोषणा गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै उनले रुवि अब आफ्नो पार्टीको सदस्य नरहेको घोषणा गरेका हुन् ।

उनले लेखेका छन् उपसभामुख हाम्रो पार्टीबाट जानुभएको हो तर अब उहाँ हाम्रो पार्टीको सदस्य रहनु भएन ।

उनले उपसभामुखको कदमको खेद प्रकट गरिसकेको भन्दै उनको निर्णयमा पार्टीको कुनै निर्देशन र ह्विप नहुने जनाएका छन्।