राजनीति

पार्टीविरुद्ध गतिविधि गरेको आरोपमा रास्वपाका १५ सदस्य निष्कासित

२७ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी हितविपरीत गतिविधिमा संलग्न रहेको आरोपमा १५ जना सदस्यको सदस्यता खारेज गरेको छ ।

आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।

पार्टीका प्रवक्ता मनिष झालेका अनुसार पार्टीको नीति र हितविपरीत काम गरेको निष्कर्षसहित १५ जनाको सदस्यता खारेज गरिएको हो ।

यद्यपि, सदस्यता खारेज गरिएका व्यक्तिहरूको नाम भने पार्टीले सार्वजनिक गरेको छैन ।

रास्वपाले संगठनभित्र अनुशासन र पार्टीको आधिकारिक लाइनविपरीत गतिविधिलाई सहन नगर्ने संकेतस्वरूप यो निर्णय गरिएको जनाएको छ ।