शिक्षा

एसई नतिजा छिटो प्रकाशित गरेकोमा सरकारलाई धन्यबाद दिँदै गगनले भने, ‘असफल हुनुहुने विद्यार्थीहरु विचलित नहुनुस्’

२९ बैसाख, काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले एसईईमा असफल हुने भाई बहिनीहरुलाई अलिकति पनि विचलित नभई यो नतिजालाई केवल एउटा खुड्किलोको रूपमा लिन आग्रह गरेका छन् ।
सभापति थापाले उत्तिर्ण हुने विद्यार्थीलाई बधाई दिँदै उक्त कुरा बताएका हुन् । उनले विद्यार्थीको मनोबल उच्च राख्न र आवश्यक शैक्षिक परामर्श दिन म स्थानीय सरकारहरूलाई तत्काल समन्वयका लागि अनुरोध गरेका छन् ।
सभापति थापाले, ‘यस वर्ष एसईईको नतिजा अपेक्षाकृत छिटो सार्वजनिक गर्न सफल भएकोमा नेपाल सरकार, सम्बन्धित निकाय र संलग्न सबैप्रति धन्यवाद तथा बधाई समेत व्यक्त गरेका छन् ।’

हिजो सार्वजनिक भएको क्भ्भ् परीक्षामा सफल हुनुभएका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई१ तपाईँहरूको मेहनत र लगनशीलताले आज सार्थक रूप पाएको छ।
त्यस्तै, अपेक्षित ग्रेड प्राप्त गर्न नसक्नुभएका भाइबहिनीहरूलाई यो नतिजालाई केवल एउटा खुड्किलोको रूपमा लिन र कत्ति पनि विचलित नहुन आग्रह गर्दछु। आगामी ग्रेड वृद्धि परीक्षा आफ्नो क्षमता प्रमाणित गर्ने अर्को सुन्दर अवसर हो।
विद्यार्थीको मनोबल उच्च राख्न र आवश्यक शैक्षिक परामर्श दिन म स्थानीय सरकारहरूलाई तत्काल समन्वयका लागि अनुरोध गर्दछु।
साथै, यस वर्ष एसईईको नतिजा अपेक्षाकृत छिटो सार्वजनिक गर्न सफल भएकोमा नेपाल सरकार, सम्बन्धित निकाय र संलग्न सबैप्रति धन्यवाद तथा बधाई व्यक्त गर्दछु।