ब्रेकिङ न्युज

१२ कक्षाको नतिजा सार्वजनिक भएपछि किन सुरु भयो गुणस्तरमाथि प्रश्न ?

असार ५, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ (माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा) को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार नियमिततर्फ परीक्षामा सहभागी भएका ३ लाख ३२ हजार २४१ विद्यार्थिमध्ये २ लाख ३१ हजार ७७० जना अर्थात् ६९.७५ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् ।

बोर्डका अनुसार १ लाख ४७१ जना विद्यार्थी ननग्रेड भएका छन् । नतिजामा ३.६१ देखि ४.०० GPA ल्याउने विद्यार्थीको संख्या १७ हजार ७८६ रहेको छ भने ३.२१ देखि ३.६० GPA ल्याउने ६४ हजार ८२१ जना रहेका छन् ।

त्यस्तै, २.८१ देखि ३.२० GPA प्राप्त गर्ने विद्यार्थीको संख्या ९४ हजार २४९ रहेको छ । २.४१ देखि २.८० GPA ल्याउने ५० हजार ५९७ जना छन् । २.०१ देखि २.४० GPA ल्याउने ४ हजार ३०८ जना तथा १.६१ देखि २.०० GPA ल्याउने ९ जना विद्यार्थी रहेका छन् ।

आंशिकतर्फ ८५ हजार ९२९ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा ३६ हजार ४२० जना मात्र ग्रेडेड भएका छन् । यो संख्या कुल सहभागीको ४२.३८ प्रतिशत हो ।

नियमित र आंशिक दुवै समूह गरी कुल ४ लाख १८ हजार १७० जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । दुवै समूहको नतिजा जोड्दा समग्र ग्रेडेड प्रतिशत ६४.१३ रहेको बोर्डले जनाएको छ ।

यस वर्ष नियमिततर्फ ३० जना र आंशिकतर्फ १० जना गरी ४० जनाको परीक्षा रद्द गरिएको छ ।

बोर्डका अनुसार परीक्षाफल सम्बन्धी विस्तृत जानकारी विभिन्न वेबसाइट, एसएमएस सेवा तथा IVR सेवामार्फत प्राप्त गर्न सकिनेछ।

यसरी हेर्न सकिन्छ नतिजा 


Website:

१. राष्ट्रिय परीक्षा बोर्डको website: result.neb.gov.np वा neb.gov.np

२. नेपाल टेलिकमको website: https://neb.ntc.net.np

SMS सेवा :

१. NEB <space> Symbol No. टाईप गरी नेपाल टेलिकमको १६०० मा SMS गर्ने ।

IVR सेवा :

१. नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नतिजा प्राप्त गर्न सकिने ।

USSD सेवा :

१. * १६०१# नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नतिजा प्राप्त गर्न सकिने ।