समाचार

प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्माविरुद्ध १६ उजुरी

४ जेठ, काठमाडौं । प्रधानन्यायाधीश डा.मनोज शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा १६ उजुरी परेका छन् ।

समितिले उजुरी दिनका लागि तोकेको १० दिनको समयमा १६ उजुरी परेका संघीय संसद सचिवालयकी सूचना अधिकारी सावित्रा शर्माले जानकारी दिइन् ।

गत २५ वैशाखको संसदीय सुनुवाइ समितिको बैठकले शर्माविरुद्ध १० दिनको समय दिएर उजुरी आह्वान गरेको थियो ।