७ जेठ, काठमाडौ । नेकपा एमालेले नेताहरूको कार्यविभाजन पुनः व्यवस्थित गर्ने तयारी गरेको छ।
नेकपा एमालेको सचिवालय बैठकले सचिवहरूलाई प्रदेश इन्चार्ज र उपाध्यक्ष तथा महासचिवहरूलाई विभागीय जिम्मेवारी दिने प्रस्ताव अघि बढाएको छ। प्रस्ताव अनुसार महासचिव शंकर पोखरेललाई संगठनात्मक संयोजन र केन्द्रीय कार्यालय प्रमुखको जिम्मेवारी दिने तयारी गरिएको छ।
विभिन्न नेताहरूलाई प्रदेश तथा विभागीय जिम्मेवारी बाँडफाँट गरिएको छ। भोलि बस्ने सचिवालय बैठकले उक्त प्रस्तावलाई औपचारिक रूपमा पारित गर्ने तयारी छ।





