समाचार

सदनमा प्रधानमन्त्रीको खोजी भएपछि सभामुख गए बालुवाटार

७ जेठ, काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर विवाद बढेपछि सभामुख डीपी अर्यालले प्रधानमन्त्रीलाई भेटेका छन्।

प्रधानमन्त्री बालेन शाह र सभामुखबीच करिब आधा घण्टा छलफल भएको छ। विपक्षी सांसदहरूले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन माग गर्दै आएका छन्। तर सभामुखले त्यसबारे औपचारिक रुलिङ गरेका छैनन्।