७ जेठ, काठमाडौं । आगामी आर्थिक वर्षको बजेट तयारीका क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूर्व अर्थमन्त्रीहरूसँग सुझाव लिएका छन् ।
पूर्व अर्थमन्त्रीहरूले तयारी नभएका खुद्रा तथा टुक्रे आयोजनामा बजेट नछर्न आग्रह गर्दै आर्थिक सुधार, खर्च कटौती र निजी क्षेत्रको मनोबल बढाउने नीति लिन सुझाव दिएका छन् ।
उनीहरूले राजस्व लक्ष्य यथार्थपरक बनाउन, राष्ट्रिय गौरवका आयोजनाको संख्या घटाउन, सरकारी खर्च नियन्त्रण गर्न र निजी क्षेत्रलाई ऊर्जा, पर्यटन तथा उद्योगमा थप खुला गर्नुपर्ने धारणा राखे ।
पूर्व अर्थमन्त्रीहरूले कृषि, पर्यटन, खानी, पूर्वाधार र औद्योगिक क्षेत्रमा परिणाममुखी लगानी गर्न सुझाव दिएका छन् । साथै, संघीयता कार्यान्वयन, रोजगारी सिर्जना र आर्थिक सुधारलाई केन्द्रमा राखेर बजेट ल्याउन आग्रह गरेका छन् ।





