राजनीति

प्रधानमन्त्री नआएको विषयमा रवि भन्छन्: कुनै दबाब छैन

७ जेठ, काठमाडौं । रवि लामिछाने ले प्रधानमन्त्री संसद्‌मा उपस्थित नभएकै कारण आफू कुनै दबाबमा नरहेको बताएका छन् ।

प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू दबाब र प्रभावमा काम गर्ने व्यक्ति नभएको बताए । सरकारको काम प्रभावकारी नभए मात्र आफूलाई दबाब महसुस हुने उनको भनाइ थियो ।

लामिछानेले सरकारले काम गरिरहेको र त्यसको परिणाम क्रमशः देखिने दाबी गरे । साथै उनले प्रधानमन्त्री संसद्‌मा आएर जवाफ दिने पनि बताएका छन् ।

उनले पार्टी महाधिवेशनको तयारीसमेत तीव्र रूपमा अघि बढाइएको उल्लेख गर्दै विधानअनुसार छिटो काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।