राजनीति

कांग्रेसको सुदूरपश्चिम सदस्यता अद्यावधिक अन्तरक्रिया कार्यक्रम किन रोकियो ?

८ जेठ, काठमाडौं । नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिले सुदूरपश्चिम प्रदेशस्तरीय सदस्यता अद्यावधिक अन्तरक्रिया कार्यक्रम स्थगित गरेको छ ।

कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले विज्ञप्तिमार्फत आगामी ११ जेठमा महेन्द्रनगरमा आयोजना गर्ने तय भएको कार्यक्रम अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरिएको जानकारी दिए ।

सुदूरपश्चिम प्रदेश कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको गृहप्रदेश हो । सो प्रदेशमा संस्थापनइतर समूहमा प्रदेश कार्यसमिति छ ।