बसन्ती धामी/९ जेठ, काठमाडौँ । डिस मिडिया नेटवर्क प्रालीले सुरक्षा गार्डलाई सिइओ र कर्मचारीका गाडी धुन लगाएको पाइएको छ । ललितपुरको भैँसिपाटीस्थीत डिस होमको विशाल कार्यालयमा खटिएका सुरक्षा गार्डको मुख्य काम सुरक्षासम्बन्धी भए पनि व्यवस्थापनको दबाब र प्रभावमा सुरक्षा गार्डले युनिफर्ममा नै गाडी धोएको पाइएको छ ।
सुरक्षा गार्डहरूलाई युनिफर्ममा गाडी धुन लगाउन नपाइने नियमलाई मिच्दै थोरै तलब हुने सुरक्षा गार्डलाई गाडी धुन लगाएको पाइएको हो ।
प्राइभेट सुरक्षा कम्पनीबाट राखिएका गरुड सेक्युरिटीबाट राखिएका सुरक्षा गार्डको काम सुरक्षा दिने भएको गरुड सेक्युरिटीका उपत्यका प्रमुख एवं पूर्व कर्णेल अभय क्षेत्रीले बताए । गरुड सेक्युरिटी २० जना भन्दा बढी सुरक्षाकर्मी राखिएको जानकारी दिए ।
प्राथमिक कार्य गाडी धुने नभए पनि कार्यालयको आवश्यकता अनुसार सुरक्षाकर्मीलाई कम्पनीले अनुरोध गरेर कार्यालयका अन्य काम पनि गर्ने प्रचलन भएको बताए ।
उनले बैङ्कहरूमा भौचर भर्ने, अनलाइन ट्रान्जेक्सन गर्ने, पार्किङमा सवारी साधनहरू सार्ने लगायतका कार्यहरू पनि सुरक्षा गार्डले गर्ने गरेको जानकारी गराए । सुरक्षा गार्डले गर्नुपर्ने कार्य कम्पनी वा प्रतिष्ठानको सुरक्षा दिने मात्र हो भन्नेमा भने नेपाली सेनाका पूर्व कर्णेल अभय क्षेत्री स्विकार्छन् ।
डिस होममा केही दिन अगाडीमात्र प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर परिवर्तन भएर प्रसन्न पोख्रेलले कार्यभार सम्हालेका छन् । यस विषयमा कम्युनिकेसन विभागका प्रमुख भूपाल बस्नेतलाई सोध्दा डिस होमका सुरक्षा कर्मी कसैले पनि हाकिमका गाडी नधोएको दाबी गरे ।
सुर्यखबरसंग भिडियो नै रहेको भन्दासमेत उनले गाडी नधोएको बताए । यस अघि पनि एक ग्राहकलाई इन्टरनेट सुविधा लिएको १० महिनाको अबधीभन्द अगाडी नै इन्टरनेटको लाइन काटेको समाचार बनाउँदा डिस होमका कर्मचारी बस्नेतले लाइन नकाटेको भन्दै ढाँटेका थिए ।
समाचार प्रकाशित भएपछि ग्राहकको लाइन भने डिस होमले जोडेको छ ।





