समाचार

एमाले सचिवालय बैठक आज पनि

९ जेठ, काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्ने भएको छ । बैठक आज बिहान ११:३० बजे अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्नेछ।

आजको बैठकमा आएको सुझावको आधारमा कार्य विभाजनका लागि प्रस्तावित नाम संशोधन हुनसक्ने बताइएको छ ।

अध्यक्ष ओलीले नेताहरूको कार्य विभाजनको प्रस्ताव सोमबारको बैठकमा राखेका थिए । त्यही प्रस्तावका आधारमा नेताहरूले आ-आफ्ना धारणा राखेका हुन् ।