समाचार

प्रेस युनियनको स्थापना दिवस आजः गगन थापालाई किन बोलाइएन ? किन बोलाईयो पूर्व राष्ट्रपति डा यादव ?

१३ जेठ, काठमाडौं । नेपालका लोकतन्त्रवादी पत्रकारहरूको साझा संगठनका रूपमा रहेको नेपाल प्रेस युनियनले आज देशभर विभिन्न कार्यक्रम गरी ३५औँ स्थापना दिवस मनाउँदैछ। दिवसका अवसरमा देशभरका सबै शाखाले विविध कार्यक्रम आयोजना गरेका छन् भने केन्द्रीय समितिले काठमाडौंमा विधान महाधिवेशन आयोजना गरेको छ।

विधान महाधिवेशनको पूर्वसन्ध्यामा बिहान ७ बजे माइतीघर मण्डलामा प्रभातफेरी आयोजना गरिने र त्यसपछि बिहान ९ बजेदेखि विधान महाधिवेशन सुरु हुने युनियनका अध्यक्ष शिव लम्सालले जानकारी दिए। विधान महाधिवेशनको उद्घाटन प्रथम राष्ट्रपति डा. रामवरण यादवले गर्ने तय भएको पनि उनले बताए।

विधान महाधिवेशनका लागि सबै शाखाबाट अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा तोकिएबमोजिमका प्रतिनिधिहरू काठमाडौं आइपुगेको युनियनका उपाध्यक्ष जीवन भण्डारीले जानकारी दिए।

२०४८ साल जेठ १३ गते श्रमजीवी पत्रकारहरूको हकहित संरक्षणका लागि भएको ट्रेड युनियन आन्दोलनकै उपजका रूपमा नेपाल प्रेस युनियनको स्थापना भएको थियो। नेपालका सञ्चारकर्मीलाई संगठित गरी श्रमजीवी पत्रकारहरूको पक्षमा वकालत गर्दै आएको युनियन अन्तर्राष्ट्रिय पत्रकार महासंघको नेपालबाट सदस्यता प्राप्त गर्ने पहिलो संस्था पनि हो।

युनियनको पहिलो तथा तदर्थ समितिको संयोजक पूर्वमन्त्री तथा तत्कालीन पत्रकार जेपी गुप्ता थिए। १७ जना संस्थापक सदस्यहरूमा हरि अधिकारी, रमेश तुफान, राजेश ढुंगाना, शिरीषबल्लभ प्रधान, शोभाकर पराजुली, जगदीश घिमिरे, कन्हैयालाल केशरी, राजेश्वर नेपाली, हरिहरप्रसाद श्रेष्ठ, गणेशप्रसाद नेपाल, तारानाथ दाहाल, कृष्ण कँडेल, योगेश उपाध्याय, यादव थपलिया, रामचन्द्र उप्रेती र गणेशबल्लभ प्रधान रहेका थिए ।

युनियनले श्रमजीवी पत्रकारहरूको हकअधिकार, प्रेस स्वतन्त्रता, लोकतन्त्र तथा मिडियामैत्री नीतिगत व्यवस्थाका लागि नेतृत्वदायी भूमिका खेल्दै आएको महासचिव दिलीप पौडेलले जानकारी दिए।

नेपाली काँग्रेसका सभापति गगन कुमार थापा भएका भएपनि उनलाई प्रुख अतिथी नबोलाईएकोमात्र होईन, बिशेष महाधिवेशनबाट निर्बाचित केन्द्रीय कार्यसमितिका पदाकिारी तथा सदस्यहरुलाई प्रमुख अतिथीका रुपमा बोलाईएको छैन ।

‘गैर राजनीतिक संस्था भएको देखाउन वा काँग्रेसमा भएको गुटबन्दीअनुसार नेता डा कोईरालाको पक्षको अधिकाँस पदाधिकारी तथा सदस्यहरुको विजयी भएका कारण अहिलेको कार्यसमितिलाई गगन वा उनको कार्यसमितिलाई बोलाउन असहज भएको हाे अन्य के हाे ? त्यो प्रमुख अतिथी बोलाउन जिम्मेवारी पाएकालाई थाहा होला’ प्रेश यूनियनका एक पूर्व अध्यक्षले सुर्यखबरलाई बताए, उनले भने, ‘अहिले नेपाली काँग्रेसकाे सभापित गगन थापा हुनुहुन्छऽ उहाँलाइ नै प्रमुख अथिति बाेलाउँदा राम्राे हुन्थ्याे ।’

नेपाली काँग्रेसको शुभेच्छुक संस्थाको रुपमा रहेको नेपाल प्रेश यूनियन पछिल्ला समयमा यूनियनको मर्म, भावना अनुसार प्रभावकारी कार्य गर्न नसकेको आरोपसहित आलोचित छ । आजको स्थापना दिवश र विधान महाधिवेशनले बाहिर अाएका बिभिन्न आलोचनालई सम्बोधन गर्ने संकेत भने दिएको छ ।