अन्तर्राष्ट्रिय

नेतन्याहुको चेतावनीपछि लेबनानमा विनाशकारी बमबारी

१३ जेठ, काठमाडौं । इजरायलले दक्षिणी तथा पूर्वी लेबनानमा भीषण हवाई आक्रमण तीव्र बनाएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो आक्रमणमा बालबालिकासहित कम्तीमा ३१ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हेजबुल्लाहविरुद्ध सैन्य कारबाही अझ कडा बनाउने घोषणा गरेपछि आक्रमण बढाइएको हो । इजरायली सेनाले १०० भन्दा बढी हेजबुल्लाहका पूर्वाधार र लडाकुहरूलाई निशाना बनाइएको जनाएको छ ।

यता हेजबुल्लाहले पनि उत्तरी इजरायलतर्फ रकेट तथा ड्रोन आक्रमण जारी राखेको छ । दुवै पक्षबीच युद्धविराम उल्लंघन भइरहेकाले क्षेत्रीय तनाव थप चुलिएको छ ।

आक्रमणपछि लेबनानका धेरै क्षेत्रमा त्रास फैलिएको छ भने हजारौं सर्वसाधारण सुरक्षित स्थानतर्फ पलायन भएका छन् ।

-BBC