१३ जेठ, काठमाडौं । बागमती प्रदेश सरकार अन्तर्गतको श्रम, रोजगार तथा यातायात मन्त्रालय मातहतको यातायात व्यवस्था कार्यालय भक्तपुरले सार्वजनिक बिदाका दिनमा पनि आफ्नो सेवा प्रवाहलाई निरन्तरता दिने भएको छ।
कार्यालयले एक सूचना जारी गर्दै १४ र १५ गते सार्वजनिक बिदा भएतापनि उक्त दिनहरूमा कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवाहरू सुचारु रहने जानकारी गराएको छ।
कार्यालयका सूचना अधिकारी जीवन कुमार वस्नेतद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, “उपरोक्त सम्बन्धमा मिति २०८३।०२।१४ र १५ गते सार्वजनिक बिदा भएकोमा उक्त दिन यस कार्यालयवाट प्रवाह हुने सम्पूर्ण सेवाहरु सुचारु नै रहने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।”
यस निर्णयले सार्वजनिक बिदाका कारण सेवाग्राहीहरूलाई पर्न सक्ने असुविधालाई कम गर्ने अपेक्षा गरिएको छ।






