१५ जेठ, काठमाडौं । सरकारले स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न तीन महिनाभित्र स्वचालित लगानी स्वीकृति प्रणाली लागू गर्ने घोषणा गरेको छ।
आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लगानी अध्ययनका लागि विशेष भिसा व्यवस्था गरिने तथा सम्पत्ति मूल्याङ्कन, ऋण भुक्तानी र लाभांश फिर्ताजस्ता प्रक्रियालाई सहज बनाइने बताए।
उनका अनुसार उद्योग र नवप्रवर्तन प्रवर्द्धनमा सरकारले विशेष प्राथमिकता दिनेछ।





