आर्थिक

सामाजिक सुरक्षामा १ खर्ब २० अर्ब विनियोजन

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि सामाजिक सुरक्षामा १ खर्ब २० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै सामाजिक सुरक्षासँगै नेपाललाई सडक बालबालिकामुक्त बनाउने लक्ष्य अघि सारिएको बताए।

त्यसैगरी सामाजिक विकृति अन्त्य गर्न तीन तहका सरकारबीच समन्वय गरिने तथा बाल सुधार गृह सुधार गर्ने योजना समेत बजेटमा समावेश गरिएको छ।