१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि श्रम तथा रोजगार क्षेत्रमा ३ अर्ब ६३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै वैदेशिक रोजगारीबाट फर्किएकाहरूको सीप र ज्ञान उपयोग गर्न ‘रिटर्नी माइग्रेन्ट कार्यक्रम’ कार्यान्वयन गरिने जानकारी दिए।
त्यस्तै, विप्रेषणलाई उपभोगबाट उत्पादनशील क्षेत्रमा रूपान्तरण गर्न ‘विप्रेषण लगानी मिलान कोष’ सञ्चालन गरिने भएको छ। युवालाई रोजगारीमुखी बनाउन विभिन्न छोटो अवधिका तथा कार्यस्थलमा आधारित तालिम कार्यक्रम पनि सञ्चालन गरिने सरकारले जनाएको छ।





