आर्थिक

२१ खर्ब २४ अर्ब ३४ करोडको बजेट घोषणा

१५ जेठ, काठमाडौं । आगामी आर्थिक वर्षका लागि सरकारले २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब, वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब र चालुतर्फ १२ खर्ब ७० अर्ब विनियोजन गरिएको जानकारी दिए।

सरकारले राजस्व १४ खर्ब ४ अर्ब, अनुदान ६१ अर्ब ७४ करोड, वैदेशिक ऋण २ खर्ब ४७ अर्ब र आन्तरिक ऋण ४ खर्ब १० अर्ब रहने जनाएको छ।