१७ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले देशको वर्तमान प्राथमिकता आत्मविश्वास निर्माणभन्दा पनि आर्थिक सुदृढीकरण रहेको बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले सरकारले निर्यातमुखी अर्थतन्त्र विकासलाई मुख्य लक्ष्य बनाएको स्पष्ट पारे । उनका अनुसार उत्पादन भएका वस्तुहरूलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन कर छुट तथा नीतिगत सहजीकरण गरिएको छ ।
प्रधानमन्त्री शाहले तत्कालीन आवश्यकता अनुसार देशलाई आर्थिक स्रोत मजबुत बनाउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै सरकारको ध्यान “पैसा वृद्धि र निर्यात विस्तार” मा केन्द्रित रहेको बताए ।
उनका अनुसार सरकारले दुई वर्षे रणनीति बनाएर उत्पादन र निर्यात वृद्धि गर्ने योजना अघि बढाएको छ । यसले देशको आर्थिक आधारलाई बलियो बनाउने विश्वास सरकारको रहेको छ ।
सरकारले आर्थिक सुधारका कार्यक्रमलाई प्राथमिकतामा राख्दै मुलुकलाई आत्मनिर्भर बनाउने दिशामा काम गरिरहेको प्रधानमन्त्री शाहको भनाइ छ ।





