समाचार

प्रतिनिधिसभा बैठक किन अझै सुरु हुन सकेन ?

१९ जेठ, काठमाडौं । दिउँसो १ बजे बोलाइएको प्रतिनिधिसभा बैठक साढे २ बजेसम्म पनि सुरु हुन सकेको छैन।

विपक्षी दलहरूले बालेन्द्र शाहको सीमा विवादसम्बन्धी अभिव्यक्तिको तथ्य सार्वजनिक गर्न माग गर्दै अडान लिएपछि बैठक प्रभावित भएको हो। विपक्षीले बिना तथ्य बोलेको भए माफी माग्नुपर्ने बताइरहेका छन् भने सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यसमा सहमत छैन।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ गर्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।