सुदूरपश्चिम

सुदूरपश्चिम मुख्यमन्त्री शाह किन परे अल्पमतमा ?

१९ जेठ, धनगढी । नेपाली कांग्रेसभित्र संसदीय दलको नेताबाट हटाउने निर्णय भएपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह पार्टीभित्रै अल्पमतमा परेका छन्।

प्रदेश सभाका १८ सदस्यमध्ये ९ जनाले उनलाई दल नेताबाट हटाउने पक्षमा निर्णय गरेपछि शाह अल्पमतमा परेका हुन्। उक्त निर्णयपछि उनी कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आन्तरिक परामर्शमा जुटेका छन्।

सांसदहरूको असन्तुष्टिपछि विकसित राजनीतिक घटनाक्रमलाई लिएर दलभित्रको शक्ति सन्तुलन परिवर्तन भएको देखिएको छ।