समाचार

दुई घण्टा ढिलाइपछि प्रतिनिधिसभा बैठक सुरु

१९ जेठ, काठमाडौं । दिउँसो १ बजे बोलाइएको प्रतिनिधिसभा बैठक करिब २ घण्टा ढिलाइपछि ३ बजे सुरु भएको छ।

विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सीमा विवादसम्बन्धी अभिव्यक्तिको तथ्य माग गर्दै अडान लिएपछि बैठक प्रभावित भएको हो। बिना तथ्य बोलेको भए माफी माग्नुपर्ने विपक्षीको मागमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहमत नभएपछि बैठक ढिलो सुरु भएको बताइएको छ।

आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने लगायतका कार्यसूची रहेको छ।