१९ जेठ, काठमाडौं । प्रतिनिधिसभामा प्रतिपक्ष दलले आज (जेठ १९)पनि अवरोध गरेका छन् ।
नेपाल–भारत सीमाका विषयमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनीहरूले सभा सञ्चालनमा अवरोध गरेका हुन् ।
आइतबार (जेठ १७) प्रतिनिधिसभा बैठकमा सीमा विवादबारे जवाफ दिने क्रममा प्रधानमन्त्रीले ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भनेका थिए । त्यस विषयमा विपक्षीले प्रधानमन्त्रीले तथ्य प्रस्तुत गर्नुपर्ने वा सदनमा आएर माफी माग्नुपर्ने अडान राखेपछि सोमबार (जेठ १८) बैठक चल्न सकेको थिएन ।
आजको बैठक पनि सुरु हुनासाथ विपक्षीले विरोध गरेका हुन् । श्रम संस्कृति पार्टी संसदीय दलका नेता हर्क साम्पाङले पर्चा देखाएर विरोध गरेका छन् ।





