राजनीति

काठमाडौं महानगर अधिवेशनबाट रास्वपाको २३ सदस्यीय पदाधिकारी समिति चयन

१९ जेठ, काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को काठमाडौं महानगरपालिका अधिवेशनबाट २३ सदस्यीय पदाधिकारी समिति चयन गरिएको छ। सार्वजनिक गरिएको नामावलीअनुसार कमल प्रसाद पन्त शशी सभापतिमा चयन भएका छन् भने सम शाक्य उपसभापति, प्रतीक श्रेष्ठ सचिव र किशोर न्यौपाने सहसचिवमा चयन भएका छन्।

त्यसैगरी समितिको सदस्यमा शान्ति परियार, गिता शर्मा, सरिता श्रेष्ठ वैद्य, सतीदेवी महर्जन, सुमिला वैद्य, कमला भट्टाराई, मेनुका पहरी, सहना श्रेष्ठ, संजय श्रेष्ठ, सुनिल महर्जन, किरण श्रेष्ठ, सुरेश महर्जन, सानुराजा रंजित, शम्भु कृष्ण श्रेष्ठ, रोशन राज भण्डारी, अर्जुन छन्त्याल, बसन्त लामा, विकास गौतम र सुदिप थापा चयन भएका छन्।

पार्टीको संगठन विस्तार र स्थानीय स्तरमा गतिविधि सशक्त बनाउन अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरिएको बताइएको छ।