२० जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले राष्ट्रपति रामचन्द्र पौडेल को भूमिकामाथि कडा आपत्ति जनाउँदै उनलाई ‘रबरस्ट्याम्प’ जस्तो व्यवहार गर्न बाध्य पारिएको आरोप लगाएका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले राष्ट्रपति संवैधानिक भूमिकाअनुसार काम गर्नुभन्दा सरकारका निर्णयहरूमा मात्र हस्ताक्षर गर्ने अवस्थामा पुगेको दाबी गरे। उनले यसलाई संविधानको मर्मविपरीत भन्दै लोकतन्त्र कमजोर पार्ने प्रयास भइरहेको टिप्पणी गरे।
ओलीका अनुसार पछिल्ला कदमहरू योजनाबद्ध रूपमा लोकतान्त्रिक प्रणालीलाई कमजोर पार्ने दिशामा अघि बढिरहेका छन्। उनले “जुक्तिका साथ लोकतन्त्र समाप्त पार्ने खेल भइरहेको छ” भन्दै त्यसप्रति एमाले असहमत रहेको बताए।





