राजनीति

नेपाल-भारत सम्बन्ध अझ उचाइमा लैजान तयार छौं : भारतीय प्रधानमन्त्री मोदी

२० जेठ, काठमाडौं ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ले नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्न भारत तयार रहेको बताएका छन्।

भारत भ्रमणमा रहेको सत्तारूढ रास्वपाका सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटपछि उनले दुई देशबीचको सम्बन्ध अझ सुदृढ बनाउन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

मोदीले नेपाललाई भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत प्राथमिक साझेदार राष्ट्रका रूपमा उल्लेख गर्दै दुवै देशबीचको विशेष तथा बहुआयामिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन इच्छुक रहेको बताए।

भेटमा उनले साझा समृद्धि र उज्ज्वल भविष्यका लागि सहकार्य गर्ने लामिछानेको चाहनालाई स्वागत गर्दै पूर्ण समर्थन रहेको पनि जनाए।

रास्वपा प्रतिनिधिमण्डल हाल भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा पाँच दिने भारत भ्रमणमा रहेको छ।