समाचार

समयमै न्यायाधीश नियुक्त गर्न सर्वोच्चको निर्देशन

२० जेठ, काठमाडौं ।  सर्वोच्च अदालतले संविधान र कानूनमा तोकिएको समयसीमाभित्रै रिक्त न्यायाधीशहरूको नियुक्ति गर्न न्यायपरिषद्लाई निर्देशनात्मक आदेश दिएको छ ।

समयमै नियुक्ति नहुँदा न्यायपालिका प्रभावित हुने र सार्वजनिक विश्वासमा असर पर्ने भन्दै अदालतले संवैधानिक व्यवस्था कडाइका साथ पालना गर्न भनेको हो ।

अवकाशपछि लामो समयसम्म न्यायाधीश नियुक्ति नभएको भन्दै दायर रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो ।

अदालतले न्यायाधीश नियुक्तिलाई समयसीमाभित्रै सम्पन्न गर्नुपर्ने स्पष्ट पारेको छ ।