प्रवास

दिल्ली रेस्टुरेन्ट आगलागी : २१ जनाको मृत्यु, घाइते २ नेपाली उपचारपछि घर फर्किए

२० जेठ, काठमाण्डौँ । भारतको दिल्लीस्थित मालवीय नगरमा रहेको एक रेस्टुरेन्टमा भएको भीषण आगलागीमा कम्तीमा २१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये ११ जना विदेशी नागरिक र १० जना भारतीय नागरिक रहेको दिल्ली सरकारलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

घटनामा ३७ जना घाइते भएका छन्, जसमा २३ जना विदेशी र १४ जना भारतीय नागरिक रहेका छन्। घाइते विदेशीमध्ये १६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। उनीहरूमध्ये १० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

आगलागीमा घाइते भएका दुई नेपाली नागरिकको भने उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेको जनाइएको छ। आगलागीको कारणबारे अनुसन्धान जारी रहेको छ।