२० जेठ,काठमाडौँ । रोल्पाको गंगादेव गाउँपालिका–६ रातामाटामा विद्यालयबाट घर फर्किरहेका दुई बालकको खहरे खोलाको भेलमा बगेर मृत्यु भएको छ।
बुधबार साँझ आएको भेलमा बगेर स्थानीय निमबहादुर खड्काका ७ वर्षीय छोरा गोपाल खड्का र सर्वजित खत्रीका ६ वर्षीय छोरा समिर केसीको ज्यान गएको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जिनावाङ र घर्तीगाउँबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





