२० जेठ, काठमाडौ । माछापुच्छ्रे बैंक लिमिटेडद्वारा जारी गरिएको एक सय अंकित दरका कुल तीन करोड कित्ता “८.२५ प्रतिशत माछापुच्छ्रे अविमोच्य असञ्चिति अग्राधिकार शेयर” यही जेठ १९ गते मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।
उक्त शेयरको कुल निष्कासन मूल्य तीन अर्ब रुपैयाँ रहेको छ ।
नेप्सेमा सूचीकृत भएको उक्त अग्राधिकार शेयर आज गतेदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि उपलब्ध भएको बैंकले जानकारी गराएको छ ।





