अन्तर्राष्ट्रिय

ट्रम्पको इरान युद्ध अधिकार सीमित गर्ने प्रस्ताव पारित

२१ जेठ, काठमाडौं ।  अमेरिकी प्रतिनिधिसभाले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानविरुद्ध थप सैन्य कारबाही गर्न रोक लगाउने उद्देश्यसहितको प्रस्ताव पारित गरेको छ। बुधबार भएको मतदानमा २१५ सांसदले प्रस्तावको पक्षमा र २०८ सांसदले विपक्षमा मतदान गरेका थिए।

चार जना रिपब्लिकन सांसदले डेमोक्र्याटहरूसँग मिलेर प्रस्तावको समर्थन गरेका छन्। प्रस्तावले ट्रम्पको इरान युद्ध नीतिप्रति आफ्नै दलभित्र पनि असन्तुष्टि रहेको संकेत गरेको विश्लेषण गरिएको छ।

यद्यपि, प्रस्ताव कार्यान्वयनका लागि रिपब्लिकन बहुमत रहेको अमेरिकी सिनेटबाट पनि पारित हुनुपर्नेछ। यसैबीच ट्रम्पले इरानसँगको वार्ता सकारात्मक रहेको र छिट्टै सम्झौता हुन सक्ने बताएका छन्।