प्रदेश 2

कांग्रेस बारा सभापति यादव निलम्बित

२१ जेठ, काठमाडौं । नेपाली कांग्रेसले बारा जिल्ला सभापति राजेश राय यादवलाई पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा निलम्बन गरेको छ।

गत फागुनमा भएको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध गतिविधि गरेको भन्दै उनीविरुद्ध उजुरी परेको थियो। यस विषयमा पार्टीले दुई पटक स्पष्टीकरण मागे पनि यादवले जवाफ नदिएपछि केन्द्रीय अनुशासन समितिले अन्तिम निर्णय नभएसम्मका लागि उनलाई निलम्बन गर्ने निर्णय गरेको हो।

कांग्रेसले विधान र अनुशासन नियमावलीअनुसार थप अनुसन्धानपछि अन्तिम निर्णय लिने जनाएको छ।