२१ जेठ, काठमाडौं । नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी) का नेपालतर्फका संयोजक डा. भेषबहादुर थापाले ईपीजी प्रतिवेदन तथा सम्बन्धित कागजात सुरक्षित राखिएको दराजको चाबी परराष्ट्र मन्त्रालयलाई हस्तान्तरण गरेका छन्।
उमेर र स्वास्थ्य अवस्थालाई कारण देखाउँदै थापाले चाबी परराष्ट्रमन्त्री शिशिर खनाल र परराष्ट्र सचिवको जिम्मामा बुझाएका हुन्। नेपाल र भारतबीचका द्विपक्षीय सम्बन्ध तथा विभिन्न विषयमा अध्ययन गरेर तयार पारिएको ईपीजी प्रतिवेदन सन् २०१८ मै सम्पन्न भए पनि हालसम्म दुवै देशका प्रधानमन्त्रीले औपचारिक रूपमा ग्रहण गरेका छैनन्।
परराष्ट्रमन्त्री खनालले प्रतिवेदन प्रधानमन्त्रीस्तरमा बुझ्नुपर्ने विषय भएकाले मन्त्रालयले केवल कागजातको जिम्मेवारी मात्र लिएको बताए। ईपीजीले सन् २०१६ देखि २०१८ सम्म अध्ययन गरी नेपाल–भारत सम्बन्ध सुधारका लागि विभिन्न सुझावसहित प्रतिवेदन तयार पारेको थियो।





