ब्रेकिङ न्युज

धवलशम्शेर र दुर्गा प्रसाई भए एक : एकताको सहमति

२२ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छोडेका डा. धवलशम्शेर राणा र दुर्गा प्रसाईँबीच एकताको सहमति भएको छ।

आज दिउँसो प्रसाईको निवासमा दुवै पक्षबीच एकताको सहमति भएको हो। केही दिनपछि पार्टी घोषणा गरिने भएको छ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसँग विवाद भएपछि जेठ २१ गते राणासहित १८३ जना नेताहरूले राप्रपा छोडेका थिए। राप्रपा छोड्नेमा काठमाडौँ उपत्यकामा उपलब्ध केही पदाधिकारी तथा केन्द्रीय सदस्य, जनवर्गीय संगठनका पदाधिकारी र सदस्यहरू रहेका छन्।

पदाधिकारीहरूमा उपाध्यक्ष मुकुन्द श्याम गिरी, महामन्त्री धवल शम्शेर राणा, दिलनाथ गिरी, केशवराज श्रेष्ठ, नारायणप्रसाद कोइराला, सगुनसुन्दर लावती, धनसुर शाही, मीना शाही, दिलविकास राजभण्डारी, नानीमैया आचार्यलगायत छन्। उनीहरू अधिकांशलाई अध्यक्ष राजेन्द्र लिङ्देनले यसअघि कारबाही गरेका थिए।

सबै मिलेर नयाँ पार्टी गठन गर्ने भएका छन्। यसको तयारीका लागि डा. राणाले प्रसाईंसँग एकता गर्ने सहमति गरेका हुन् ।