समाचार

दक्षिणकाली सडकमा सुमो–बोलेरो ठोक्किँदा १४ जना घाइते, ४ जनाको अवस्था गम्भीर

२३ जेठ, काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ धारा ढोला स्थित दक्षिणकाली सडकखण्डमा सुमो र बोलेरो जिप एकआपसमा ठोक्किँदा १४ जना घाइते भएका छन्।

हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको सुमो र विपरीत दिशाबाट जाँदै गरेको बोलेरो ठोक्किएपछि दुर्घटना भएको हो। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ भने अन्य १० जना मध्यम घाइते छन्।

घाइते सबैलाई उपचारका लागि काठमाडौं पठाइएको छ। घटनाबारे थप अनुसन्धानका लागि प्रहरीले सुमो चालकलाई नियन्त्रणमा लिएको छ।