२३ जेठ , काठमाडौं, । भारतको नयाँ दिल्लीस्थित जन्तर मन्तरमा कक्रोच जनता पार्टी (सीजेपी) ले गरेको प्रदर्शनका क्रममा सम्भावित झडप रोक्न प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ।
प्रदर्शनका समर्थक र विरोधी पक्षबीच तनाव बढ्न सक्ने सूचना पाएपछि दिल्ली प्रहरीले पूर्वसावधानीका रूपमा उक्त कदम चालेको जनाएको छ। प्रहरीका अनुसार प्रदर्शनस्थल वरपर अशान्ति सिर्जना गर्ने प्रयास भइरहेको आशंकामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
हाल प्रदर्शन क्षेत्रको अवस्था सामान्य रहेको र कुनै अप्रिय घटना नभएको प्रहरीले जनाएको छ। सुरक्षालाई ध्यानमा राख्दै प्रदर्शनस्थलमा अतिरिक्त प्रहरी परिचालन गरिएको छ।





