आर्थिक

नेपाल फर्केका कलाकार सीताराम “धुर्मुसु” को भावुक फेसबुक स्टेटस :  न्याय अवश्य मिल्ने छ

२४ जेठ, काठमाडौं । हास्य कलाकार सीताराम कट्टेल “धुर्मुसु” ले आफ्नो मातृभूमि नेपाल फर्किएपछि न्याय र सुख-दुःख साट्ने आशा व्यक्त गर्दै एक भावुक फेसबुक स्टेटस सार्वजनिक गरेका छन्।

उनले न्याय अवश्य मिल्ने छ भन्ने पूर्ण आशा र अटल विश्वास बोकेर आफ्नै मातृभूमिको आँगनमा फर्किएको उल्लेख गरेका छन्।

कट्टेलले आफ्नो स्टेटसमा लेखेका छन् “आशा छ, न्यायको अनुभूति गर्दै आफ्नै माटोको काखमा सुख-दुःख साटेर जीवनका घाउहरू निको पार्ने अवसर अवश्य प्राप्त हुनेछ।”

स्टाटस्ले उनको पछिल्लो समयको संघर्ष र मानसिक अवस्था तर्फ इङ्गित गरेको छ ।

कलाकार कट्टेल पछिल्लो समय गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशाला निर्माण परियोजनामा देखिएको आर्थिक संकट र ऋणका कारण आलोचना फसेका छन्।

यस परियोजनामा ठूलो आर्थिक भार परेको र त्यसको व्यवस्थापनमा कठिनाइ भएको समाचारहरू सार्वजनिक पनि भएका थिए।

जसका कारण धुर्मुसुकाे परिवारले मानसिक तनाव समेत भाेग्नु परेकाे थियाे । रंगशाला निर्माणका विषयमा उनले आफुमाथी लागेका विभिन्न आरोपको खण्डन समेत गर्दै आएका छन् ।

उनी केही समय अमेरिकामा रहेका थिए, जसलाई लिएर विभिन्न टिकाटिप्पणी समेत भएका थिए। यद्यपि, उनले ग्रीन कार्डका लागि अमेरिका गएको नभइ छोरीको उपचारका लागि गएको स्पष्ट पारेका थिए

गत वर्ष डिसेम्बरमा उनले एक लामो फेसबुक स्टेटस मार्फत आफू अमेरिका भागेको भन्ने मिडिया रिपोर्टहरूको खण्डन गरेका थिए ।

त्यसअघि, नोभेम्बरमा उनी प्राकृतिक चिकित्सालयमा उपचाररत रहेको खबरहरु पनि आएका थियो ।