ब्रेकिङ न्युज

दिल्लीमा परराष्ट्र मन्त्रीले भने : सीमा विवादमा बेलायतको मध्यस्थता खोजेका हैनौं

२४ जेठ, काठमाडौं । परराष्ट्र मन्त्री शिशिर खनालले भारतसँगको सीमा विवादमा बेलायतको मध्यस्तता नखोजेको बताएका छन्।

तीन दिने भारत भ्रमणमा रहेका मन्त्री खनालले दिल्लीस्थित नेपाली दूतावासमा आयोजना भएको पत्रकार सम्मेलनमा बेलायती मध्यस्थता अस्वीकार गरेको छन्।

भारतीय पत्रकारहरूले प्रधानमन्त्री बालेन शाहले बेलायतसँग सीमा विवादबारे कुराकानी भइरहेको भनेर नेपालको संसदमा बोलेको विषयमा मन्त्री खनाललाई प्रश्न सोधेका थिए।

तपाईंहरूलाई थाहै छ, नेपालले पछिल्ला केही वर्षहरूमा नेपाली भूमिको विषयमा कुटनीतिक नोट पठाइरहेको छ। सम्झौता भारत र चीनको बीचमा भएको छ। दुवै दशेलाई हामीले आधिकारिक धारणा कुटनीतिक नोट मार्फत् राखेका छौुं, खनालले भने, हामीले स्पष्ट भनेका छौँ-भूमि (लिपुलेक, कालापानी) हाम्रो हो। ऐतिहासिक रूपमा त्यो भूमी हाम्रो हो। प्रधानमन्त्रीले पनि यही धारणा अनुसार बोल्नुभएको हो । मन्त्री खनालले बेलायतको विषयमा पनि बोलेका थिए।

‘हाम्रो धेरै सीमा विवाद लामो ऐतिहासिक लेगेसीसँग जोडिन्छ। खासगरी नेपाल र भारतको सीमा सन् १८१६ को सुगौली सन्धीबाट तय भएको हो। प्रधानमन्त्रीले पनि दुवै पक्षको टेबल टकबाट समाधान हुने बताउनु भएको छ। हामी विवाद कुटनीतिक रूपमा समाधान गर्न चाहान्छौं। त्यसका लागि हामीलाई ऐतिहासिक प्रमाणहरू चाहिन्छ। हामी बेलायतको पुस्तकालय र म्युजियमहरूसँग त्यस्तो केही कागजपत्रहरू प्राप्त गर्न कोसिस गरिरहेका छौं। हामी त्यस्तो मध्यस्तताको खोजीमा छैनौं, उनले भने।

उनले नेपाल र भारतको सीमा विवाद कूटनीतिक माध्यमबाटै समाधान गर्नुपर्नेमा प्रधानमन्त्रीको समेत जोड रहेको बताएका थिए।

प्रधानमन्त्री स्पष्ट हुनुहुन्छ- हामीले सीमा विवाद कूटनीतिक माध्यममा एक अर्कासँगको वातार्बाट समाधान गर्नुपर्छु, खनालले भने, नेपालको सधैं यही धारणा रहँदै आएको छ।