२४ जेठ, काठमाडौं । सुदन गुरुङले फेरि पनि गृहमन्त्री बन्न सक्ने संकेत गरेका छन् ।
पूर्व गृह मन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद गुरूङले आफू फेरि गृहमन्त्री बनेमा दुई महिनासम्म तस्बिर खिच्नका लागि नआउन अनुरोध गर्दै यस्तो संकेत गरेका हुन् ।
आज रास्वपा गोरखाको पहिलो जिल्ला अधिवेशन सत्रलाई सम्बोधन गर्दै उनले आफू निर्दोष साबित हुनेमा विश्वस्त रहेको र गृहमन्त्री बनेमा दुई महिनासम्म फोटो खिच्न नआउन भनेका हुन्।
सांसद गुरूङले सार्वजनिक पदमा रहँदा उठेका सवालहरूको जवाफ दिन आफू पूर्ण रूपमा जिम्मेवार बनेको पनि बताए । बयानका क्रममा घटेको एउटा रोचक प्रसंग पनि बताए।
‘समितिले मलाई यतिका सम्पत्ति कहाँबाट ल्याउनुभयोरु, भनेर प्रश्न गर्यो। मैले पनि सहज रूपमा छानबिन समितिलाई नै तपाईंको पनि सम्पत्ति छानबिन गरौं न त भनेर प्रतिप्रश्न गरिदिएँ,’ उनले भनेका थिए।
सम्बोधनका क्रममा सांसद गुरूङले रास्वपाको संगठन निर्माण र आगामी नेतृत्वको कार्यशैलीका बारेमा पनि स्पष्ट धारणा राखे।
अब बन्ने जिल्ला सभापति राजधानी केन्द्रित हुन नहुने उनको तर्क थियो।





