राजनीति

काँग्रेसको डिजिटल गफ: वेबसाइटमा नै पदाधिकारी र सदस्यको तस्बिर यसरी राखिन्छ उल्टो !

२८ जेठ, काठमाडौँ । नेपाली काँग्रेसले डिजिटल प्रविधिमा क्रियाशील सदस्यता नवीकरण अद्यावधिक तथा नयाँ वितरण कार्य गरिरहेको छ । 

विशेष महाधिवेशनबाट निर्वाचित भएको गगन थापा नेतृत्वको पार्टीले डिजिटल प्रणाली अँगालेर पार्टीका नयाँ क्रियाशील सदस्यता तथा पुराना क्रियाशील सदस्यता अद्यावधिक कार्य धमाधम भइरहेको छ ।

काँग्रेसले डिजिटल प्रणालीमा क्रियाशील भर्दा नाम, तस्बिर, ठेगाना, एनआईडी, नागरिकता, शिक्षा, रक्त समूह, पेसालगायतका विषयहरू फर्म भर्नुपर्ने भए पनि उक्त फर्म भर्दा विभिन्न त्रुटिहरू देखिएका छन् । 

त्रुटिहरूमा सामान्य भन्दा सामान्य त्रुटिहरूका कारण काँग्रेसले चालेको कदममा केही असफलता हासिल गरेको हो कि भन्ने देखिन्छ । 

डिजिटल प्रणालीमा जानु अहिलेको युगमा अत्यन्तै सान्दर्भिक भए पनि बजेटलगायतका समस्याका कारण भनेजस्तो नभएको देखिन्छ । 

काठमाडौँ जिल्ल जस्तो देशको अत्यन्तै सुगम स्थानमा समेत कृयाशीय सदस्यता अद्यावधिक गर्दा कतै तस्बिर उल्टो आउने, कतै नाममा त्रुटि आउने लगायतका समस्याहरू देखिएका छन् । 

पाँच लाखको हाराहारीमा अद्यावधिक भएका कृयाशीय सदस्यहरूको त्रुटि पार्टी कार्यालयले बिस्तारै सच्याउँदै लग्ला तर पार्टी केन्द्रीय कार्यालयको वेबसाइटमा नै केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको तस्बिर उल्टो राखिने, कसैको तस्बिर नै नराखिने, कतै सिनियर र जुनियर छुट्टाएर तलमाथि गरेर राखिने देखिएको छ ।  नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरू दिनेश कोइराला, दिनेश कुमार यादव, जग प्रसाद जोशी, केशव प्रसाद आचार्यका तस्बिरहरू उल्टा राखिएका छन् । केन्द्रीय सदस्यहरूको उल्टा तस्बिर, नबुझिने वा नचिनिने छँदै छन्, अझ पदाधिकारीमा विजयी भएका उदय शम सेर राणाको तस्बिर पनि उल्टो छ । कतिपय केन्द्रीय सदस्यहरू अग्नि पौडेल, दीपक जङ्ग शाह, गीता सत्याल, धर्मराज गौतम, रामानन्द प्रसाद यादव, अष्ट कुमार कवे, इन्दिरा कार्की, विनीता खड्का, नागेन्द्र शाहको तस्बिर नै राखिएको छैन । 

धेरैजसो तस्बिरहरू बुझिने प्रकारका देखिँदैनन् । 

डिजिटललाई मान्ने हो भने वेबसाइट भनेको कुनै पनि व्यक्ती वा संस्थालाई चिन्ने मुख्य स्थान हो, यसमा 

देश नै डिजिटल मय हुनुपर्ने समयमा नेपालको सबैभन्दा पुरानो  लोकतान्त्रिक पार्टीले डिजिटल प्रणाली अँगालेर पार्टीका हरेक क्रियाकलापलाई डिजिटल मय बनाउनु साेह्रै आना सही हो तर डिजिटल प्रणाली प्रणालीमा आइटिका दक्ष युवाहरूलाई ७५३ वटै पार्टीका स्थानीय पालीका, ६७ सय ४३ वटा वडा, ७७ वटै जिल्ला, ७ वटै प्रदेशमा नियुक्त गर्न जरुरी छ ।  राम्रा कम्प्युटर ल्यापटप तथा कार्यालयको स्थापना गरी पार्टीमा तीन करोड नेपालीहरूलाई जोडिन सहज हुने वातावर बनाउन जरुरी देखिन्छ । 

दक्ष जनशक्तिको कमी, आवश्यक पूर्वाधार र कार्यालयको अभावका कारण साधारण सामाजिक सञ्जाल चलाउने बाहेक काँग्रेसको डिजिटल कार्यक्रम सफल भएको छैन । डिजिटल प्रविधि सफल भएको छैन भन्ने बित्तिकै डिजिटल बन्द गर्नुपर्छ भन्ने होइन त्यसको सुधार गर्नुपर्छ । 

 झन्डै पौने २ सय केन्द्रीय समिति सदस्यहरू रहेको अवस्थामा काँग्रेसका सभापति तथा पदाधिकारी अनि केन्द्रीय समिति सदस्यहरूले ध्यान दिएर पार्टीका हरेक क्रियाकलाप हेरेको देखिन्न । काँग्रेसले नयाँ बोतलमा पुरानो रक्सी भन्दा पनि खास वा गुणात्मक रूपमा परिवर्तन हुनुपर्ने देखिन्छ । कर्मचारीहरूको वा कसको लापरबाहीले  त्रुटिहरू भएका हुन छानबिन गरी त्रुटि सच्याउनुपर्ने वा हेलचेक्याई गर्ने कारबाही गर्नुपर्ने अहिलेको टड्कारो आवश्यकता देखिन्छ । 

https://www.nepalicongress.org/leadership/central-committee