ब्रेकिङ न्युज

अर्थमन्त्रीलाई शाहीकाे चुनौती : दम छ भने संसदीय छानबिन गरेर देखाउनुस्

२९ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र बहादुर शाहीले अर्थमन्त्रीलाई कडा जवाफ दिएका छन् ।

आफुले २ अर्ब नभइ दुई रुपैयाँ मात्रै घोटाला गरेकाे भए देखाऊ संसदमा भन्दै आफुमाथी प्रश्न गर्नेलाई चुनौती दिएका अर्थमन्त्रीलाई हिम्मत र दम भए संसदीय छानबिन गराएर देखाउन आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै शाहीले संसदीय छानबिन समिति बनाउन किन डराएको ? भन्दै शाहीले को दोषी को निर्दोष हो भनेर समितिले देखाइहाल्ने बताए ।

उनले यदि सत्यको पक्षमा भए निष्पक्ष छानबिनबाट भाग्न नहुने बताएका छन्।

सांसद शाहीले अर्थमन्त्रीले संसदमा सबकाे फाइल खोलौँ भनेर धम्की दिएको भन्दै फाइल खोल्न कसैले नरोकेको उल्लेख समेत गरेका छन्।

उनले विशेषगरी राष्ट्रघाती एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन)सम्झौताको फाइल पनि खोल्न माग गरेका छन्।

एमसीसी सम्झौता तयार गर्दा र संसदबाट पारित गर्ने क्रममा कसले कति कुम्ल्यायो भन्ने विषयमा तथ्यसहित सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ।

उनले आफ्नै हात जगन्नाथ, जे गरे पनि भयोु भन्ने शैली अस्वीकार्य हुने पनि बताए । जनताले सत्य जान्न पाउने अधिकार राख्ने भन्दै सांसद शाहीले छानबिन गर्न, फाइल खोल्न र सत्यतथ्य जनतासामु ल्याउन जोड दिएका छन्।

लोकतन्त्रमा पारदर्शिता, जवाफदेहिता र निष्पक्षता सबैका लागि समान हुनुपर्नेमा उनले जोड दिएका छन् ।