३० जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले विश्वकपमा आफ्नो फेभरेट देश नखेलेको बताएका छन्।
आज साँझ फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्री शाहले आफ्नो फेभरेट देश विश्वकपमा नखेलेको बताएका हुन् ।
उनले लेखेका छन्, ‘धेरैजना साथीभाइले सोध्नुभो, तपाईंको फेभरेट देश कुन वर्ल्डकपमा ? मेरो फेभरेट देशले खेलेकै छैन।






