साहित्य

कवि ढुंगानाको ‘मुटु फलाम भएर’ लोकार्पित

३० जेठ, काठमाडौं । कवि तथा पत्रकार राजेश ढुंगानाको तेस्रो कविताकृति ‘मुटु फलाम भएर’ लोकार्पण गरिएको छ ।

आज काठमाडौंमा आयोजित कार्यक्रममा अग्रज साहित्यिक पत्रकार रोचक घिमिरेले कृति सार्वजनिक गर्दै कवि ढुंगाना नेपालको प्रजातान्त्रिक आन्दोलनका एक प्रखर योद्धा भएको बताए ।

घिमिरेले उनको पत्रकारिता र काव्यकारिताको चर्चा गरे । आजभन्दा तीन दशकअघि नै राजेशले लेखेका टिप्पणी आफूले पढ्दै आएको उनले स्मरण गरे ।

साहित्यकार कृष्ण धरावासीले कवि ढुंगाना निडर र प्रजातान्त्रिक आन्दोलनमा समर्पित एक कर्मठ सर्जक भएको उल्लेख गरे । उनले ढुंगाना तत्कालीन समयमा सधैँ प्रशासनको नजरमा पर्दै आएको पनि बताए ।

धरावासीले कवि ढुंगाना झुक्नुभन्दा भाँचिन तयार हुने व्यक्ति भएको उल्लेख गरे ।