साहित्य

कविता लेखन प्रशिक्षण सम्पन्न

२५ जेठ, काठमाडौं । ‘भाषा, कला, संगीत एवम् संस्कृतिको संरक्षण तथा संवद्र्धन गरौँ’ भन्ने मूल नाराका साथ स्थापित गल्याङ प्रज्ञा प्रतिष्ठानको आयोजनामा दुईदिने कविता लेखन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा शास्त्रीय छन्द, मुक्तलय, गजल र मुक्तक लेखनकोसमेत प्रशिक्षण दिइएको छ ।

हालै गल्याङ नगरपालिकाको सभाकक्षमा आयोजित कार्यक्रममा साहित्यकार कलानिधि दाहालले शास्त्रीय छन्द र मुक्तलयका कवितामा, ध्रुवप्रसाद शर्मा पङ्गेनीले शास्त्रीय छन्दमा र मिलन समीरले गजल र मुक्तक विधामा प्रशिक्षण दिए ।

कार्यक्रममा नगरपालिका प्रमुख गुरुप्रसाद भट्टराई, प्रज्ञा प्रतिष्ठानका अध्यक्ष चण्डिकाप्रसाद भट्टराईलगायतले आफ्ना धारणा राखे ।

प्रशिक्षण कार्यक्रमको अन्त्यमा कविहरू सिर्जना खनाल, झवनाथ बस्याल, गुरुप्रसाद ढकाल, डिल्लीराम भण्डारी, रमेश कुख्यात, पार्वती थापा पल्ली मगर ‘पारु’, राम ज्ञवाली, जि.बी.राना, इन्द्रप्रसाद पाठक, लक्ष्मी पाठक, इच्छा खड्का, निशु गौचन, निश्मा थापाले कविता वाचन गरे ।

भोजराज भण्डारी, ताराकुमार परियार, सुजन भण्डारी, यामुन सुवेदी, सुरज रेग्मी, प्रेमबन्धु सुवेदी, संगम थापा, चण्डिकाप्रसाद भट्टराई, कल्पना दाहाल, हेमा तिमिल्सिना न्यौपाने, ध्रुवप्रसाद शर्मा पङ्गेनी, कलानिधि दाहाल, मिलन समीरलगायतले पनि आ–आफ्ना कविता वाचन गरेका थिए ।