साहित्य

साहित्यकार गीता केशरीको निधन

१९ असार, काठमाडौं । साहित्यकार गीता केशरीको उपचारको क्रममा हिजो ओम अस्पताल, काठमाडौंमा निधन भएको छ।

उनी गुन्जन नारी साहित्य संस्थाको पूर्व अध्यक्ष, नेपाल प्रज्ञाप्रतिष्ठानको पूर्व सदस्य-सचिव, साहित्यिक पत्रकार संघको आजीवन सदस्य हुन्।

उनको आज विहान ९ बजेदेखि १०:३० सम्म दर्शन पशुपति शबदाह गृह दाहसंस्कार हुँदैछ।