७ असार, काठमाडौं । पार्टीको प्रथम महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) चितवन आइपुगेका छन्।
उनी केही बेरअघि मात्र भरतपुर विमानस्थलमा ओर्लिएका हुन्।
अहिले उनी कार्यक्रमस्थलतिर लागिसकेका छन्। बालेनले साथमा पत्नी र छोरी पनि लिएर आएका छन्।
भरतपुरमा आयोजित रास्वपाको प्रथम महाधिवेशन सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेनले दिउँसो २ बजे संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम छ।
रास्वपा महाधिवेशनको उद्घाटन समारोह चितवनको भरतपुरस्थित गेस्टहाउस चौरमा आयोजना गरिएको छ।





