ल७ असार, काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रधानमन्त्री बालेन शाहको खुलेर प्रसंशा गरेका छन् ।
रास्वपाको प्रथम महाधिवेशनमा शुभकामना मन्तव्य राख्दै उनले भने- ‘डाइनामिक, इन्टिलेजेन्ट, स्टाइलिस, माइन्डसेट भएका ए अलग लेबलका बन्दा है ।’
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले जनता र हावामा समानता रहेको बताएका छन् ।
उनले रास्वपालाई शुभकामना दिँदै भने, ‘हावा कसैको पनि हुँदैन । बेलुनमा भरेको हावामा सियोले प्वाल पार्दा त्यो बाहिर निस्कन्छ ।’
उनले प्रधानमन्त्री बालेनलाई फरक प्रकारको नेता बताए भने अध्यक्ष लामिछानेलाई त्यागी नेताको संज्ञा दिए ।





